New Muslims APP

म कसरी इस्लाममा आए ?

यूसुफ एस्टीज

म कसरी इस्लाममा आए ?

शिर्षकमा यूसुफ एस्टीज लगाएत उनकी श्रमति र अर्का एक क्याथोलिक धर्म गुरु समेत तीनजनाले एकै पटक कसरी इस्लाम कबुल गरे भन्ने बारेमा म तपाईहरु समक्ष पेश गर्दै छु।  

अब यूसुफ एस्टीजको शब्दमा पढौं । उनीहरुले एक मिस्री (इजिप्सियन) मुसलमानलाई ईसाई बनाउने कोसिश गरेका थिए ? तर सत्यको जित अवश्य नै हुन्छ, धेरै बहस र छलफल पछि परिणाम यस्तो भयो कि अन्तमा तीनै जना ईसाईहरुले इस्लाम धर्म स्वीकार गरे ?

यूसुफ एस्टीज भन्छन्- धेरै जना मानिसहरु मसँग सोध्छन्, तिमी एक ईसाई पादरी थियौ आज कसरी मुसलमान बन्यौ ? यो पनि त्यस बेलाको समयमा जब इस्लाम र मुसलमानहरुको विरुद्ध हामी नकरात्मक माहौल थियो । म ती सबैलाई शुक्रिया दिन चाहन्छु जसले मलाई इस्लाम स्वीकार गरेको कहानीमा दिलचस्पी लिइ रहेका छन् । पाठक वृन्द तपाईहरु पनि जान्न चाहनु हुन्छ किन मैले इस्लाम धर्म स्वीकार गरे ?

म मध्यम पश्चिमको एक कट्टर इसाई घरानामा जन्मिएको थिए। सच्चाई यो हो कि मेरो परिवार र पूर्खाहरुले अमेरिकामा कयौ चर्च र स्कूल स्थापना गरेका थियौं । 1949 ममा जब म प्राइमरी स्कूलमा थिए त्यस बेला हाम्रो परिवार टेक्सासको हाउस्टन शहरमा बसेका थियौं ।

हामी नियमित चर्च जाने गर्थ्यौ । १२ बर्षको उमेरमा नै मलाई ईसाई धार्मिक विधि अनुसार बेपटिस्ट गराईएको थियो। किशोर अवस्थामा नै म अन्य ईसाई समुदायहरुको चर्च, मान्यताहरु, आस्था आदिको बारेमा जान्ने उत्सुक हुन्थ्यो। मलाई गोस्पेलको बारेमा जान्ने तीव्र इच्छा थियो । धर्मको मामलामा मेरो खोज र दिलचस्पी मात्र ईसाई धर्म मात्र सीमित थिएन हिंदू, यहूदी, बोद्ध धर्म मात्र होइन, दर्शनशास्त्र र अमेरिकी मूल निवासीहरुको आस्था र विश्वास पनि मेरो अध्ययनमा समावेश थियो। मात्र इस्लाम धर्मको बारेमा मैले ध्यान दिएको थिएन।

त्यस बेला मेरो दिलचस्पी संगीतमा बढेको थियो। खासगरी गोस्पल र क्लासिकल संगीतमा। वास्तवमा मेरो पूरा परिवार धर्म र संगीतको क्षेत्रमा जोडिएको थियो यसैले मैले पनि ती दुवै क्षेत्रको अध्ययनमा जुटेको थिए। र यसै गरी म कयौं गिर्जाघरहरुबाट संगीत पादरीको रूपमा नजिक थिए। मैले 1960 मा मानिसहरुलाई कि-बोर्ड को माध्यमबाट संगीतको शिक्षा दिएको थिए र फेरी 1963 मा लरेल, मेरीलेण्डमा आफ्नो ‘एस्टीज म्यूजिक स्टूडियो’ खोलेको थिए। त्यसपछि मैले करीब तीस वर्षसम्म आफ्नो पितासँग मिलेर कयौं बिजनेस प्रोजेक्ट तयार गरें। हामीले धेरै मनोरंजन प्रोग्राम बनायौं र कयौं प्रदर्शन गर्यौ। हामीले टेक्सास र अंकलाहोम देखि फ्लोरिडाको बीच कयौं पियानो र आरगन स्टोर खोलेका थियौं। त्यसबेला मैने करोडौं डलर कमाएको थियौं । करोडौं डलर कमाए पनि हृदयमा शान्ति थिएन। शान्ति त सत्य मार्ग पाएर नै हासिल हुन सक्छ।

म विश्वासको साथ भन्न सक्छु तपाईको मनमा पनि यो सवाल उठछ होला, आखिर ईश्वरले मलाई कुन उदेश्यको लागि सृष्टि गरेको हो ?  ईश्वरले मबाट कस्तो किसिमको अपेक्षा गरेको छ ? आखिर ईश्वर को हो ?   हामी ठूला ठूला पापमा किन विश्वास राख्छौं ? मानवलाई आफ्नो पाप स्वीकार गर्नको लागि किन मजबूर गरिन्छ र यसको परिणाम स्वरूप उसलाई सदाको लागि सजाय किन दिइन्छ ?

यदि तपाई कसैसँग यो प्रश्न सोध्नु हुन्छ भने, तपाईलाई भनिन्छ कि तपाईले यस्तो प्रश्न नसोधी आफ्नो धर्ममा विश्वास गर्नु पर्छ या यो रहस्य हो या यस्तो प्रश्न गर्नु हुँदैन।

ठीक यसैगरी ट्रीनिटी (तसलीस) को सिद्धान्त पनि यही हो। यदि म कुनै धर्मप्रचारक या कुनै ईसाई पादरीसँग सोध्छु कि-‘एक’ आफ से आफ तीन कसरी बन्न सक्छ ?  ईश्वर त जस्तो पनि गर्ने क्षमताको हुन्छन् तब फेरी मानिसको पाप माफ गर्न किन सक्दैनन् ? उनलाई जमीनमा एक मानवको रूपमा आएर सबै मानिसको पाप आफु माथि लिन के जरूरत छ ? जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हुनुहुन्छ, उनले जे चाहन्छन् त्यस्तै गर्न सक्छन् । मानिसको पाप माफ गर्न किन क्रममा टाँगिनु पर्छ ? के कुनै मानिसले सृष्टिकर्तालाई मार्न सक्छ र ?

1991 मा एक दिन मलाई यो कुराको जानकारी भयो कि मुसलमान बाइबिलमाथि आस्था राख्छन् । मलाई धेरै आश्चार्य लाग्यो । आखिर यस्तो कसरी हुन सक्छ ? यति मात्र होइन मुसलमान त ईसा माथि ईमान राख्छन् कि उ ईश्वरको सच्चा पैगम्बर थिए र उनको जन्म बिना पिताको अल्लाहको चमत्कारको रूपमा भयो । ईसा अब ईश्वरको साथ छन्, सबै महत्वपूर्ण कुरा यो हो कि अन्तिम दिनमा फेरी यस जमीनमा आउँछन् र दज्जालको खिलाफ ईमान वालाको नेतृत्व गर्छन् ।

मलाई यो सबै जानेर धेरै अचम्म भए । खाश गरी म जुन ईसाईहरुको साथ सफर गरेको थिए उनीहरु इस्लाम र मुसलमानहरुबाट सख्त घृणा गर्ने गर्दथें । ती मानिसहरु बीच इस्लामको बारेमा झूटो कुरा गरेर मानिसलाई भ्रमित गर्छन् । मलाई लाग्छ कि मैले यस धर्मको मानिसबाट आखिर के सरोकार ।

मेरो पिता चर्चबाट जोडिएको कार्यमा जुटेका थिए, खास गरी चर्चको स्कूल प्रोगाम्समा। 1970 मा मेरो पिता पादरीको अधिकृत बनेको थिए । मेरो पिता र उनकी पत्नी (मेरी सौतेली आमा) समक्ष धेरै ईसाई धर्म प्रचारकहरुलाई आउने गर्थे। वहाँहरु अमेरिकामा इस्लामको सबैभन्दा ठूलो दुश्मन पेट रॉबर्टसनको नजिकका थिए ।

1991 मा मेरो पिताले मिस्रको एक मुसलमानसँग बिजनेस शुरू गर्नु भएको थियो । मलाई पिताले भन्नु भयो तिमी त्यो मुस्लिमसँग भेट्नु । म धेरै खुशी थिए, अन्तराष्ट्रीय स्तरमा व्यापारको कामकाज गर्ने अवसर पाएकोमा तर जब मेरो पिताले मलाई भन्नु भयो कि त्यो व्यक्ति मुसलमान हो, पहिले त आफैलाई यकीन भएन । मेरो हृदयले भन्छ यो मुसलमानसँग कसरी भेट गर्नु ? होइन, यस्तो हुन सक्दैन । म भेट्न चाहन्न कुनै मुस्लिमसँग । मैले उसको बारेमा धेरै कुरा सुनेको छु। यी मानिसहरु आतंकवादी हुन्छन्, हवाई जहाज अपहरण गर्छन्, बम विस्फोट गराउँछन्, अपहरण गर्छन् र म जान्दिन के-के गर्छन् । यिनीहरु ईश्वरमा भरोसा राख्दैनन्। दिनमा पांच पटक जमीनमा ढोग्छन् र रेगिस्तानमा कुनै कालो ढुंगालाई पनि पूज्ने गर्दछन् ।

मैले पितासँग भनि दिए म कुनै मुसलमान व्यक्तिसँग भेट्न चाहन्न । मेरो पिताले मसँग भन्नु भयो त्यो मानिस धेरै असल छ तिमी त्यो भेट गर । आखिर म त्यस मुसलमान व्यक्तिसँग भेट्नलाई तयार भए र शर्त राखे कि म आइतबारको दिन चर्चमा प्रार्थना गरे पछि भेट्छु । म हमेशा जसरी बाइबिल आफ्नो साथ लिएर, चम्किलो क्रस गलामा झुण्याएर उसँग भेट्न गए । मेरो टोपीमा ठीक सामने लेखिएको थियो-जीसस नै रब (सृष्टिकर्ता) हो । मेरो पत्नी र दुई जना साना छोरी पनि मेरो साथ थिए । आफ्नो पिताको अफिस पुगेर मैले सोधे-कहा छ त्यो मुसलमान ? पिताले सामने बसेको त्यो मुस्लिम व्यक्तितर्फ इशारा गर्नु भयो । उसलाई देखेर म परेशानीमा परे । मुसलमान त यस्तो हुनै सक्दैन। म त सोच्ने गर्थे, कि लामो चौडा, दाढ़ी र टाउकोमा साफा लगाएको अग्लो कद र ठूलो आखा भएको व्यक्तिसँग भेट होला । यो व्यक्तिको त दाढी पनि छैन । सत्य कुरा यो हो कि उसको टाउकोमा कपाल थिएन । उसले जोश र खुशीका साथ मेरो स्वागत गर्यो र मेरो हात मिलायो । मैले केही बुझ्न सकिन । म त सोच्ने गर्थ्यो कि यिनीहरु आतंकवादी र बम विस्फोट गर्ने वाला हुन्छ । म त चक्करमा फसे ।

मैले सोचे केही छैन, म यस व्यक्तिमाथि आजै देखि काम शुरू गर्छु । शायद ईश्वरले मेरो माध्यमबाट नरकको आगोबाट  बचाउन चाहे होलान् । एक आपसमा परिचय पछि मैले उसँग सोधे- के आप ईश्वरमा विश्वास राख्नु हुन्छ ? उसले भन्यो-‘हजुर’। धेरै राम्रो, फेरी मैले सोधे-तपाई आदम र हव्वामा विश्वास राख्नु हुन्छ ? उसने भन्यो-‘हजुर’। मैले फेरी सोधे- इब्राहीमको बारेमा तपाईको के धारणा छ ? के तपाई उनलाई मान्नु हुन्छ ? र यो पनि जान्दछु, कि उनको छोरालाई कुरबान गर्ने कोशिश गरे ? उसले फेरी हजुर भनेर जवाब दिए । यस पछि मैले उसँग जान्न चाहे-मूसालाई पनि मान्छौ ? उसले फेरी स्वीकारोक्तिमा जवाफ दियो । मेरो अर्को प्रश्नमा-अन्य पैगम्बरहरु-दाऊद, सुलेमान,जोहन आदिलाई पनि मान्छौं ? उसले जवाबमा फेरी हजुर भन्यो । मैले बुझ्न खोजे के तिमी बाइबिलमाथि विश्वास राख्छौ ? उसने ‘हजुर’ भन्यो। अब म एउटा ठूलो प्रश्नमा आए-के तिमी ईसालाई मान्छौ ? उसले भन्यो-हजुर ।

यो सबै जानकारी पाए अनुसार त्यस ब्याक्तिलाई ईसाई बनाउने काम सजिलो लागि रहेको थियो । मलाई लागि रहेको थियो, उसलाई त अब सिर्फ बपतीशा गर्न मात्र बाँकी छ, र यो काम मेरो माध्यमबाट हुनेवाला छ । म यो ठूलो उपलब्धि मानिरहेको थिए । एक मुसलमान हातमा आउनेवाला छ र यसलाई ईसाई धर्म स्वीकार गराउनु धेरै ठूलो काम थियो । उसलाई मैले चिया पीउन आग्रह गरें, उसले हुन्छ भनेर जवाफ दियो तब हामी एउटा चियाको दोकानमा चिया पीउन गयौं । हामी वहाँ बसेर आफ्नो रुचीको बारेमा आस्था र विश्वासको विषयमा बसेर घण्टौ कुरा गरि रहेका थियौ । धेरै कुरा मैले नै गर्थे । उसँग कुरा गर्दा मलाई महशुस भयो कि यो मानिस त धेरै राम्रो मानिस रहेछ । उ कम बोल्थ्यो र लजालु पनि थियो । उसले मेरो कुरा खुब ध्यान दिएर सुन्यो र बीचमा एक पटक पनि बोलेन । मलाई यो मान्छेको व्यवहार मन पर्यो । मैले मन-मनै सोचे-यो व्यक्ति त धेरै राम्रो ईसाई बन्ने क्षमताको छ । तर भविष्यमा के हुने वाला छ, यसको मलाई अलिकति पनि शंका  छैन ।

मैले पितासँग सहमति गरे र उसको साथ बिजनेस गर्नको लागि राजी भए । मेरो पिताले मलाई प्रोत्साहित गर्नु भयो र मसँग भन्नु भयो, तिमी त्यो मुस्लिम व्यक्तिलाई आफ्नो साथ बिजनेस यात्रामा उत्तरी टेक्सास लिएर जाउ। लगातार कयौं दिनसम्म हामीले कारमा यात्राको बखत अलग-अलग धर्म र आस्थाहरुमाथि चर्चा गर्यौ । मैले उसलाई रेडियोमा आउने वाला इबादतसँग सम्बन्धित आफुलाई मन पर्ने प्रोग्राम्सको बारेमा बताए । यी धार्मिक प्रोग्राम्समा सृष्टिको रचनाको उद्देश्य, पैगम्बर र उनको मिशन र ईश्वरले आफ्नो मैसेज मानवसम्म कसरी पुर्याउँछन्, यसको जानकारी दिने गरिन्छ। यो रेडियो प्रोग्रामको माध्यम कमजोर र सर्व साधरण व्यक्तिसम्म यो धार्मिक सन्देश पुर्याइन्छ । यसै बीच हामी दुवैले आ-आफ्नो धार्मिक विचार र अनुभवहरुलाई एक अर्काको साथ बाँड्यौ ।

एक दिन मलाई थाहा भयो कि मेरो यो मुस्लिम साथि मुहम्मद आफ्नो साथिको साथ जहाँ रहन्थ्यो त्यो ठाउँ छोडेर गई सकेको छ र अब केही दिनको लागि उ मस्जिदमा बस्नु पर्ने अवस्था भएछ । मैले मुहम्मदको यो समश्या आफ्नो बाबासँग भने, बाबा मुहम्मदको साथि गएछ अब उसलाई केही दिनको लागि हाम्रै घरमा राखौ न किनकि उ, हाम्रो साथ ब्यापारको काममा पनि सहयोग गर्छ र आफ्नो भागको रुम भाडा खर्च पनि दिन्छ, जब बिजनेसको सिलसिलामा बाहिर जानु पर्ने बेला छिटै तयार हुन पनि सजिलो हुन्छ । मेरो यो कुरा बाबालाई ठिक लाग्यो अनि बाबाको अनुमति लिएर मुहम्मदलाई हाम्रो घरमा एउटा कोठामा बस्न दियौं । ….. क्रमश दोश्रो भागमा प्रतिक्षा गर्नु होस् ।

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply