New Muslims APP

विश्व शरणार्थी दिवस

विश्व शरणार्थी दिवस -संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । हाल १८ औं विश्व शरणार्थी दिवस मनाँउदै छ ।

अरबमा पनि स-साना कबिला या समुहमा बस्ने गर्दथे । जस्तैः बनू हाशिम, बनू असद र बनू ज़ुहरा आदी, जब मक्कामा मुहम्मद (सल्ल.) लाई अल्लाहले रसूल चयन गर्नु भयो तब तिनै मक्कावासी जसले उनलाई सादिक र अमीन (सत्यवान र अमानतदार) को उपाधि दिएको थियो आज तिनै मान्छे उनको ज्यानको दुश्मन भएका थिए । अल्लाहको रसूल पनि मक्काबाट पहिले ताइफ जानु भएको थियो । त्यहाँ पनि बस्न नदिए पछि मदीना जानु भएको थियो, पछि बिस्तारै सबै ईमानवालाहरु मक्काबाट मदिना जानु भएको थियो । तर मक्कामा पनि वहाँ र वहाँका अनुयायीहरुलाई शान्तिसँग बस्न दिएनन् । धेरै पटक लडाई गरिरहे ताकि उनीहरु चाहन्थे मुहम्मद (सल्ल.) र उनको अनुयायी मुस्लिमधर्मालम्बीहरुलाई समाप्त पार्न तर अल्लाहले मुसलमान माथि दया र कृपा गरेको हुनाले जहिले पनि मुसलमान भन्दा तिन गुणा धेरै सेना भएर पनि सुमलमानलाई हराउन सकेनन् । अन्तमा सन् आठ हिजरीमा मुसलमानहरुले शान्तिपुर्वक विजय प्राप्त गरे। जसले तेइस वर्षसम्म मुसलमानहरुसँग ज्यानको दुश्मनी गरेका थिए, तिनीहरुलाई अल्लाहको रसूलले आम माफीको घोषणा गरे । मक्का विजय गर्दा दश हजारको संख्यामा आएका थिए भने त्यसको दुई वर्ष पछि हज़ गर्न मक्का आउँदा एक लाख चौबिस हजार भएका थिए । किनभने जब मक्का विजय गरेपछि सबैलाई आम माफीको घोषणा गरे तब मक्कावासीले बुझे कि उनी निःस्वार्थी थिए। यदि स्वार्थि भएको भए, तेइस वर्षसम्म जसले आफुलाई सताउँथे, उनले आज मक्का माथि विजय हासिल गरेपछि आफ्नो कट्टर ज्यानको दुश्मनलाई कसरी माफि दिए । सोच्नै नसक्ने यो उनको दयालुता देखेर उनको यो महान्ताको चर्चा मक्का बाहिर पनि हुन थाल्यो, जसले गर्दा मक्का आपपासका धेरै कबिलाहरु पुरै समूहका साथ आएर मुहम्मद सल्ल. समक्ष बैयत गर्दथे । मुसलमानको संख्या यो आम माफीले गर्दा दुई वर्ष पछि मुलमानको संख्यामा सोचेको भन्दा कयौं गुणा धेरै सफलता प्राप्त भयो। अब तिनै कबिला अर्थात समूदायहरु कुनै खास समूदायको घेरा भित्र सिमित नभएर कुनै देशको भौगोलिक रेखाभित्रक बस्न थालेका छन् । उनीहरुको पहिचानको प्रथम चरण नै देशबाट शुरु हुन्छ, म फलाना देशको नागरीक, म ढिस्काना देशको नागरीक आदि ।

तर केही यस्ता मान्छेहरु पनि हुन्छन् जसको देश त हुन्छ तर उनीहरु त्यस देशका नागरीक भएर बस्न पाँउदैनन्,। यस्ता मान्छेहरु जब अर्कै कुनै देश या सिमामा बास माग्न या बस्न पुग्दछन् तब तिनीहरुलाई शरणार्थी भनिन्छ । स्मरण रहोस् कि विश्वमा बार्षिक ८ लाख मानिस आफ्नो देश र घर छोडेर अर्को देशसम्म भाग्न बाध्य हुने गरेको तथ्यांक छ ।

शरणार्थी सम्बन्धि घोषणापत्र १९५१ जारी भएको ५० बर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले २००१ जुन २० देखि अन्तर्राष्ट्रियस्तरमा शरणार्थी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघीय उच्च आयोगले द्वन्द्व लगायतका कारणले धेरै मान्छे विस्थापित भएको र यस्ता बिषयको निराकरण छिटो हुनुपर्नेमा जोड दिंदै आएको छ । संयुक्त राष्ट्रसंघले अरु मानिस झैं शरणार्थी मानिसहरु रहेको र उनीहरुले आफ्नो बसोबासमा सामान्य रुपमा फर्किन चाहने अधिकारलाई प्रमुखताका साथ उठाउँदै आएको छ । त्यसका लागि विश्वभर मानवियता, सहअस्तित्व, विविधता र शरणार्थीहरु प्रति खुल्‍ला हृदयहरुको आवश्यकता छ ।

थोरै खानेकुराका पोका, महिला, लालावाला अनि केही गुटिगुन्टा अनि धेरै त्रास र भय बोकेर यसवर्ष पनि थुप्रै देशहरुवाट शरणार्थीका लावालस्कर निस्केका छन् । मध्यपूर्वी एसियाका देशहरु लगायत यसपाली सर्वाधिक चर्चामा रहेको बर्मामा रहेका रोहिन्ग्या मुसलमानहरु माथि बर्मा सरकारले दमन र अत्याचार गर्न थालेपछि तिनीहरु बंगलादेशको शरण लिएका हुन् । शरणार्थी चाहे जुनैसुकै देशको हुन तर तिनीहरुले जति गरिबी, भोकमारी, दुःख, जोखिम, उत्पीडन अनि बग्रेल्ती आँशुका ढिकहरु शायदै अरुले खसाउँदैनन् ।

गतवर्ष सागरको पानीमा डुबेर मृत्यु भएका सिरियाका बालकको हृदयबिदारक तस्वीरले निकै चर्चा पायो, यसवर्ष त्यसै देशमा एकजना सानी नानीसंगको भीडीयो अन्तरंगमा आफ्नो बुवाआमा बितेको र आफु जाने ठाँउ नभएको तथ्य वयान गरिएको हेरेर धेरैका आँखा रसाए । कति जनाले ट्याकंरभित्र बसेर अर्को देश पुगे, कति त्यसैमा किचिए, कति सागरमा मिसिए अनि कति त बाटोमै मारिए पनि होलान्, विश्व शरणार्थीका लागि सहज भने छैन् ।

नेपालले पनि पालैपालो गरेर गएका केही दशकमा कहिले तिब्बती त कहिले भुटानी शरणार्थीलाई आफ्नो स्नेह र बास दिएको थियो नेपाल सानो, देश भएपनि नेपालले शरणार्थीप्रति देखाएको त्यो सदाशयताबाट विश्वले सिक्न पर्ने कुराहरु भने धेरै छ । अहिले पनि नेपालमा २० हजारको हाराहारीमा तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका शरणार्थी छन् । नेपालमा भुटानबाट आएका शरणार्थीको संख्या ४८ हजार माथि थियो । उनीहरु मध्ये धेरैलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिका लगायतका तेश्रो देशमा पूर्नवास गराइएको छ । ६ दशक भन्दा बढी समयदेखि नेपालमा शरणार्थीको संख्या बढ्न थाले पनि अहिलेसम्म नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर पनि गरेको छैन र शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानून समेत बनाउन सकेको छैन । शायद आजको यस दिवसमा सरोकारवालाहरुको यस तर्फ पनि ध्यान जान आवश्यक छ।

 आज विश्वभरिका देशका सरकारलाई आधारभूत यि बुँदाहरु मा स्वीकारोक्ति गराउन आव्हान गरिन्छ । बुँदाहरु यस प्रकार छन् । हरेक शरणार्थी बालबालिकाले पढ्न पाउन शरणार्थी परिवारले यथोचीत वास पाउन र हरेक शरणार्थीले परिवार पाल्न केही काम या सीप सिक्ने मौका पाउन् । यस विश्वमा हरेक ११३ मान्छेमध्य १ जना शरणार्थी भएर घरबार छाड्न परेको तथ्याकं छ तसर्थ यस विषयलाई हामी सबैले ध्यान दिन जरुरी छ है ।

 

 

लेखकः मुहम्मद इब्राहीम

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Leave a Reply